Stories of Wisdom
About Course
यहाँ गधा र बाघको बहसको कथा, जहाँ उनीहरू घाँसको रङबारे तर्क गर्छन्।
गधाले भन्छ, “घाँस नीलो हुन्छ।”
बाघले भन्छ, “होइन, घाँस हरियो हुन्छ।”
विवाद बढ्दै जान्छ र अन्ततः गधाले सिंहकहाँ उजुरी गर्छ,
“यो बाघ भन्छ कि घाँस हरियो हुन्छ। तर म भन्छु, घाँस नीलो हुन्छ।”
सिंहले भन्छ,
“हो नि, घाँस नीलो नै त हुन्छ। यो बाघलाई के भएको होला?”
गधा आफ्नो तर्क जितेर धेरै खुशी हुन्छ।
तर उसलाई अझै चित्त बुझ्दैन। गधाले फेरि सिंहसँग भन्छ,
“बाघले मसँग विनाकारण तर्क गर्यो र मेरो समय खेर गयो। मलाई न्याय चाहिन्छ। बाघलाई कारवाही गर्नुपर्छ।”
सिंहले बाघलाई हेरेर भन्छ,
“हो, तिमीले विनाकारण गधासँग तर्क गर्यौ। त्यसैले तिमी तीन दिन चुपचाप बस। तिमीलाई कारवाही भयो।”
बाघले त्यो सजाय स्वीकार गर्छ र तीन दिन चुपचाप बस्छ।
सजाय कटेपछि गधा एकदम उत्साहित हुँदै भन्छ,
“ल, मैले त तर्क जितें, अनि बाघलाई कारवाही पनि गराएँ!”
गधा खुशी हुँदै जान्छ।
गधा गएपछि बाघले सिंहलाई सोध्छ,
“राजा, तपाईंलाई थाहा छ घाँस हरियो हुन्छ। मलाई पनि थाहा छ, घाँस हरियो हुन्छ। दुनियालाई थाहा छ, घाँस हरियो हुन्छ।
तर तपाईंले मलाई किन गलत ठहराउनुभयो र सजाय दिनुभयो?”
सिंहले मुस्कुराउँदै भन्छ,
“हो नि, घाँस हरियो नै हुन्छ। मलाई थहाँ छ, तिमीलाई थाहा छ, दुनियालाई थाहा छ।
तर तिमीले गधासँग किन तर्क गर्यौ?
तिमीलाई दिइएको सजाय घाँसको रङका लागि होइन, गधासँग तर्क गरेकोका लागि हो।”
शिक्षा (Moral):
सत्य नखोज्ने व्यक्तिसँग बहस गर्नु व्यर्थ हुन्छ। सबै तर्क जित्नुपर्दैन। कहिलेकाहीं मौन नै बुद्धिमानी हुन्छ।
अन्तमा केही कडा तर सन्देशमूलक शब्दहरू:
मित्र हो, या त खुरुक्क विदेश जाऊ, या अन्याय सहेर खुरुखुरु काम गर। पसिना बगाऔ।
बाँदरहरूको बीचमा भए पनि मकै रोप्दा, बाँदरले पनि पेट भर्छ, र बचेखुचेको मकैले तिमी पनि पेट भर्न सक्छौ।
जेसुकै तर्क गर — १८०० जना मारिनु गलत हो।
जेसुकै तर्क गर — घिसिङमाथिको राजनीति ठीक भएन।
जेसुकै तर्क गर — पुन र डा. रुइतजस्ता व्यक्तिहरूलाई नचिन्ने देशमा अधिकार खोज्नुभन्दा, अन्याय सहदै पसिना बगाएर, सहनशीलताका साथ अघि बढ्नु नै ठिक हुन्छ। यसो गरे मुलुक सम्पन्न हुँदै जान्छ र आफ्नो पेट भरिन्छ।
सहीलाई गलत र गलतलाई सही भन्नेको भीडमा न्याय मागेर बस्नु भनेको गधासँग तर्क गर्नु सरह हुन्छ। के कुखुराले स्यालबाट पाउने न्याय के हो? बाछोले बाँघबाट पाउने न्याय के हो? आफ्नो अन्त होइन र?
Course Content
गधा र बाघको घास को रंग को बारेमा विवाद
-
गधा र बाघको घास को रंग को बारेमा विवाद
02:59
कछुवा र खरायोको दौड
-
कछुवा र खरायोको दौड
06:17
Earn a certificate
Add this certificate to your resume to demonstrate your skills & increase your chances of getting noticed.
